Home / Feature Breaking news / घोराही बेवारिसे सडक मानव मुक्त नगर घोषणा

घोराही बेवारिसे सडक मानव मुक्त नगर घोषणा

दाङ,१६ फागुन । दाङको घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त नगर घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त उपमहानगरपालिका घोषणा गरिएको हो ।

घोराही उपमहानगरपालिकाको आयोजना एवं निल सागर सेवा आश्रम र प्रेरणाका लागि सहयोग अभियान दाङको समन्वयमा भएको कार्यक्रममा निवर्तमान सभामुख एव प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त नगर घोषणा गरिएका हुन । घोषणा कार्यक्रममा बोल्दै निवर्तमान सभामुख कृष्णबहादुर महराले विकृति विसंगति मुक्त समाज निर्माणका लागि राज्य स्वस्थ हुनुपर्ने बताएका थिए ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, निलसागरण असहाय,असशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता खनाल,नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, शान्ति बालगृहका सचालक भोलानाथ योगी,दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपप्रमुख सिता सिक्देल न्यौपानेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा विषय बस्तुको बारेमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण नगरका प्रवक्ता भरत अर्यालले गरेका थिए । कार्यक्रम हुनुभन्दा पहिले घोराहीमा ¥यालीको समेत आयोजना गरिएको थियो ।

त्यस अवसरमा अभियानलाई सफल बनाउने विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । निलसागरण असहाय,असशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द, पत्रकार नरेन्द्र केसी, सन्तोष अधिकारी, छवि पुरी,कुलदिप न्यौपाने, युवाहरु नरेन्द्र पुन,दिपेन्द्र न्यौपाने,सञ्जयकुमार केसी,हिमकुमार पुन, आदित्य भट्राई,मुकेश डिसी,किशोर घर्ति,तेजप्रसाद चौधरीलगायतलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*