Home / खेलकुद / लखन कपको उपाधि सक्सेसलाई

लखन कपको उपाधि सक्सेसलाई

दाङ,१४ फागुन । दाङको घोराही सञ्चालन भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधि तुलसीपुरको सक्सेस क्लबले हात पारेको छ । बुधवार घोराहीको भरतपुर खेल मैदान भएको फाइनल खेलमा घोराहीको युएनबिसीलाई हराउँदै सक्सेसले पहिलो पल्ट उपाधि हात पारेको हो ।

प्रतियोगितामा सक्सेसलाई बिजयी गराउनका लागि सक्सेसका जर्सी नं. १५ का खेलाडी किरण योगी र जर्सी नं. १७ का खेलाडी अभिषेक वलीले समान १–१ गोल गरेका थिए । खेलको सुरुदेखि नै आक्रामक खेलेको सक्सेसलाई अग्रता दिलाउन पहिलो हाफको खेलको २१ औँ मिनेटमा किरण योगीले पहिलो गोल गरे । युएनबिसीमाथि हावि भएको सक्सेसलाई दोव्वरको अग्रता दिलाउनकालागि अभिषेक वलीले २७ औं मिनेटमा आकर्षक गोल गरेका थिए ।

त्यसपछि निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि सक्सेस प्रतियोगिताको बिजी बनेको हो । बिजेता टीम सक्सेसलाई फागुन १५ गते परेको ३८ औँ मगर दिवसका अबसरमा नगद एक लाख ११ हजार एक सय ११ रुपैयासहित शिल्ड, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता युएनबिसीले नगद ५५ हजार पाँच सय ५५ रुपैयासहित शिल्ड, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । यस्तै सेमीफाइनल पुगेका बडहरा युबा क्लब र मेगा युथ क्लबलाई ५÷५ हजार प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाल मगर संघ दाङले फुटबल प्रतियोगीता आयोजना गरेको थियो । फागुन २ गतेदेखि सुरु भएको प्रतियोगीतामा १६ वटा क्लवहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*