Home / समाचार / स्टेज किंग’ प्रमोद सोमवार लमही महोत्सवमा आउँदै

स्टेज किंग’ प्रमोद सोमवार लमही महोत्सवमा आउँदै

दाङ,४ फागुन । लमहीमा जारी पर्यटन तथा कृषि औद्योगिक महोत्सवमा सोमवार ‘स्टेज किंग’ प्रमोद खरेल आउने भएका छन् । नेपाली संगित क्षेत्रका उक धुरन्धर गायक खरेलले सोमवार लमही महोत्सवमा प्रस्तुती राख्ने महोत्सव मुल आयोजक समितिले जनाएको छ । प्रमोद स्टेजमा निकै दमदार रुपमा प्रस्तुत हुने गायक हुन् ।

उनको गायकीमा तमाम युवा पुस्ताहरु झुम्ने गर्दछन् । दर्शकलाई मात्रै हैन, दर्शकहरुको उत्साह देखेर गायक खरेल स्वयं आँफै मस्त झुम्ने गर्दछन् । सोमवार लमही महोत्सवमा उनको प्रस्तुतीले बेग्लै रौनक थप्ने छ । यसैगरि प्रमोदसंगै सोमवार लोक गायिका मन्जु पौडेलको प्रस्तुती रहने भएको छ ।

उनी कुशल गायनसंगै उत्कृष्ट कार्यक्रम सञ्चालनको क्षमता राख्छिन् । यसैगरि लमही महोत्सवमा निकै आकर्षक बन्दै आएको नेपालगन्ज स्थित सगरमाथा ग्रुप डान्सको उत्कृष्ट प्रस्तुती पनि सोमवार रहने छ भने कमल नारायणीको नृत्य पनि सोमवार रहने छ । यसैगरि आईतवार दुर्गेश थापा लगाएतका कलाकारहरुले दर्शक नचाएका थिए । लमही चेम्बर अफ कमर्शले माघ २४ देखि लमहीमा महोत्सवको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*