Home / समाचार / राप्ती अटो इन्जीनियरीङ खानेपानी संस्था गठन

राप्ती अटो इन्जीनियरीङ खानेपानी संस्था गठन

दाङ, ३ फागुन । राप्ती अटो इन्जीनियरीङ खानेपानी संस्था गठन गरिको छ । शनिवार भएको भेलाले शहदेव थारुको अध्यक्षतामा संस्था समिति गठन गरेको हो । जसको
उपाध्यक्षमा धना जिसी, सचिवमा रत्नराम वन्जारा, कोषाध्यक्षमा मुकेश भुसाल रहेका छन् ।

समितिको सदस्यहरुमा जगत चौधरी, कल्पना चौधरी, ज्ञानवहादुर फौदार, बलीराम केसी, घनश्यामा चौधरी रहेका छन् । संस्थाका सल्लाहाकारहरुमा बरिष्ठ सल्लाहाकार सशील पोख्रेल, भागवत दाहाल, हिरालाल विक, राप्ती अटो इन्जीनियरिङ एशोशियसनको अध्यक्ष पदेन सल्लहाकार रहने भएका छन् ।

भेला सहदेव थारुको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सशील पोख्रेलको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा भागवत दाहाल,हिरालाल विश्वकर्मा, ज्ञानवहादुर फौदारलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण मुकेश भुसालले गरेका थिए । संस्थाले अटो भिलेज तथा
भिङगौरा गाउँमा खानेपानी पु¥याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*