Home / समाचार / हाईलाइट बोर्डिङद्धारा ज्येष्ठ नागरिक झुल र फलफुल सहयोग

हाईलाइट बोर्डिङद्धारा ज्येष्ठ नागरिक झुल र फलफुल सहयोग

दाङ,३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाईलाईट इंग्लिस बोर्डिङ स्कुलले बार्षिक उत्सवका अवसर ज्येष्ठ नागरिकलाई झुल र फलफुल वितरण गरेको छ ।

विद्यालयले २१ औं बार्षिक उत्सवका अवसरमा शनिवार घोराही उपमहानगरपालिका वडा नं। १६ तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका रहेका बृद्धवृद्धाहरुलाई झुल र फलफुल वितरण गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रेम केसी, विद्यालयका प्रिन्सीपल कुमार नेपालीलगायत विद्यार्थीहरुले सयुक्त रुपमा झुल र फलफुल ज्येष्ठ नागरिकहरुलाई सहयोग गरेका थिए ।

विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई गर्मी मौषममा मच्छडबाट बचाउनका लागि आवश्यक पर्ने झुल वितरण गरेको विद्यालयका प्रिन्सीपल कुमार नेपालीले जानकारी दिएका छन । प्रिन्सीपल नेपालीका अनुसार वृद्धआश्रममा बस्दै आएका १६ जना ज्येष्ठ नागरिकलाई १–१ थान गरेर १६ थान झुल सहयोग गरेको हो । सहयोगसँगै वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेको विद्यालयका प्रिन्सीपल नेपालीले जानकारी दिएका छन ।

कार्यक्रमा प्रिन्सीपल नेपालीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा शिक्षकहरु कृष्ण नेपाली, ऋषिराज गिरी, अभिभावक दोर्ण बस्नेतलगायतको सहभागिता रहेको थियो । २०५५ सालमा स्थापना भएको विद्यालयले आइतवार २१ औं बार्षिक उत्सबका मनाउँदै छ । कक्षा ४ चारसम्म पढाई हुने गरि स्थापना भएको विद्यालयले अहिले कक्षा १० पढाई सञ्चालन गर्दै आएको छ । विद्यालयमा साढे ६ विद्यार्थीहरुले अध्ययनरत गर्दै आएका छन । कार्यक्रमको सहजीकरण शिक्षक अमरक्षितिज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*