Home / Feature Breaking news / लखन कपमा सक्सेस र दाङ युवा मञ्च बिजयी

लखन कपमा सक्सेस र दाङ युवा मञ्च बिजयी

घोराही, ३ फागुन । दाङको घोराहीमा हिजोदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर रनिङ शिल्डको दोस्रो दिन दुई खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा तुलसीपुरको सक्सेसले घोराहीको फुर्सेखालीलाई हराएको छ । यस्तै दोस्रो खेलमा बुद्ध युबा क्लबलाई दाङ युवा मञ्चले हराएको छ ।

सक्सेस र फुर्सेखालीबीचको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटमा टुंगो लगाइएको थियो । पेनाल्टीमा सक्सेसले ४—३ गोलले फुर्सेखालीलाई हराएको हो । यस्तै दोस्रो खेलमा दाङ युबा मञ्चले बुद्ध युवा क्लबलाई ४—२ गोल अन्तरले हराएको छ ।

प्रथम सहिद लखन थापा मगरको १४३ औँ जन्म जयन्तीका अबसरमा नेपाल मगर संघ दाङले हिजोदेखि प्रतियोगीता सुरु गरेको छ । प्रतियोगीताको तेस्रो दिन भोली रतनपुर ११ र न्यूस्टार फुटबल एकाडेमीबीच दिउसो साडे २ बजे प्रतिष्पर्धा हुने छ ।

१६ समुहको सहभागीता रहेको प्रतियोगीताको बिजेता टीमले एक लाख ११ हजार एक सय ११ रुपैया नगद, शिल्ड, प्रमाण तथा दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैया नगद, शिल्ड तथा प्रमाण पत्र, सेमीफाइनल पुग्ने टीमले ५÷५ हजार र प्रमाण तथा सहभागी टीमले प्रमाण पत्र प्राप्त गर्ने छ । फागुन १५ गतेसम्म हुने प्रतियोगीता घोराहीको नवलपुर फुटबल मैदानमा जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*