Home / Feature Breaking news / महिला उद्यमीद्धारा घोराहीमा गार्मेन्ट उद्योग सञ्चालन

महिला उद्यमीद्धारा घोराहीमा गार्मेन्ट उद्योग सञ्चालन

घोराही,२ फागुन । दाङको घोराहीमा महिला उद्यमीहरुले गार्मेन्ट सञ्चालनमा ल्याएका छन । करिव ३५–४० लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन । प्युठान जिल्ला निवासी तीन जनाले सयुक्त रुपमा उद्योग सञ्चालन ल्याएका हुन ।

करिव २० बर्ष पहिले प्युठानमा सिलाई केन्द्रका रुपमा स्थापना भएको पसललाई भुमा पौडेल, कमला गिरी र बिनोद गिरीले सयुक्त रुपमा नयाँ व्यवस्थापनका साथ घोराहीमा गार्मेन्ट उद्योगका रुपमा सञ्चालनमा ल्याएका हुन । २०५६ सालमा प्यठान जिल्लामा नमूना सिलाई केन्द्रका रुपमा सुरु भएको केन्द्रलाई अहिले उद्योगका रुपमा विकास गरेको सञ्चालिका भुमा पौडेलले जानकारी दिइन ।

सुरुमा २० हजार रुपैयाँबाट सुरु भएको उद्योगमा अहिले ३५ देखि ४० लाखसम्मको लगानी पुगेको उनले बताइन । ‘समाजमा महिलाहरु पनि उद्यमीका रुपमा अघि बढ्न सक्छन है भनेर पसल सुरु गरेका हौँ’,उद्यमी पौडेलले भनिन्,‘ त्यो समयमा ब्राहमण समुदायका हामीले पसल सुरु गर्दा निकै चुनौति झेल्नु परेको थियो । तर अहिले सवैको सहयोग पाउँदा सुखी लागेको छ ।’ महिलाहरुलाई सिपका माध्यमबाट स्वरोजगारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरेको समेत उनले बताएकी थिइन ।

pasal

उद्योगमा महिलाहरुका लागि आवश्यक कपडाहरुसागै स्कूल, बोर्डिङ तथा कलेजका ड्रेस, टिर्सट, ट्रयाकसुट, टाई वेल्ट, जुत्ताहरु उत्पादन तथा विक्रि गरिने उनले बताइन । घोराही उपमहानगरपालिका वडा नं. १५ को युनिक मार्केटमा सञ्चालनमा आएको उद्योगको शुक्रवार एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले उद्घाटन गरेका थिए । उद्योग सञ्चालिका भुमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भुसालले गार्मेन्ट उद्योगको उद्घाटन गरेका थिए । उनले महिलाहरुलाई सिपसँगै आत्मनिर्भर बनाउनकालागि यस्ता उद्योगहरुको आवश्यकता रहेको बताएका थिए । उद्योग सञ्चालनमा पुरुषहरुको तुलनामा महिलाहरु पछि रहेको भन्दै यसले महिलाहरुलाई अघि बढ्न समेत प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमलाई कृषि बिकास बंैक नारायणपुर शाखा प्रमुख खिमबहादुर अधिकारीले हरेक नागरिकलाई सिप सिकाएर स्वरोजगार बनाउनका लागि यस्ता खालका उद्योगहरु आवश्यक रहेको बताएका थिए । उद्घाटनका अवसरमा उद्योगले पाँच जना बिपन्न परिवारका बालबालिकाहरुलाई कपडा वितरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १ मा रहेको आधारभुत विद्यालय सिमलतारामा अध्ययनरत ५ जना गरिब तथा बिपन्न बालबालिकालाई निशुल्क रुपमा बिद्यालय पोशाक प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*