Home / Feature Breaking news / सप्तरङ्गीको खेल सप्ताहमा ब्लु हाउस च्याम्पियन

सप्तरङ्गीको खेल सप्ताहमा ब्लु हाउस च्याम्पियन

लक्ष्मण बस्नेत
तुलसीपुर,२ फागुन । सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस) तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा दाङले आफ्नो साताब्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयमा अध्ययनरत छात्र र छात्राभित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताह को शुक्रबार एक भब्य कार्यक्रमका बिच समापन गरिएको हो ।

बिद्यालयको १३ औ बार्सिक उत्सवका अबसरमा आयोजित खेलकुद सप्ताहमा ब्लु, यलो, रेड ग्रीन हाउस बिच भएको कडा प्रतिस्पर्धामा भएको थियो ।

जसमा ब्लु हाउस च्याम्पियन भएको थियो भने यलो हाउस दोस्रो र रेड हाउस तृतिय भए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्य एवं बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा युवा ब्यबसायी मोहन भण्डारी र खेलकुद पत्रकार मञ् दाङका अध्यक्ष लक्ष्मण बस्नेतको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताएका थिए । खेलकुद बालबालिको सर्बाङ्गिन बिकास आधार स्तम्भ भएको भन्दै उनले खेलकुद सप्ताहले बालबालिको चौतर्फी बिकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताएका थिए ।

त्यस अबसरमा एथलेटिक्सततर्फका ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खोःखो, स्लो बाईक रेस, कबड्डि र जुनियर लेवल तर्फ स्पोन रेस, किङक्विन रेसलगायतका बिधामा प्रथम, दोस्रो र तृतिय स्थान हासिल गर्ने छात्र र छात्रालाई पुरकार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बिद्यालयका भ्वाईस प्रिन्सिपल प्रदिप ओलीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन बिद्यालय कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*