Home / समाचार / गोरखा माबिमा खेल सप्ताह सम्पन्न

गोरखा माबिमा खेल सप्ताह सम्पन्न

लक्ष्मण बस्नेत
दाङ, २ फागुन । तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयले सप्ताव्यापी खेल कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार एक कार्यक्रमका शिक्षा र खेलकुदमा जिल्ला मै अब्बल रुपमा प्रस्तुत गर्दै आएको बिधालय ले एथलेटिक्सतर्फ का ट्रयाक तथा फिल्ड, म्याराथन दौड,छात्र फुटबल, क्रिकेट , स्लो बाईक रेस र जुनियर लेवलतर्फका विभिन्न बिधामा प्रथम, दोस्रो र तृतिय स्थान हासिल गर्ने छात्ररछात्रालाई पुरकार मेडल तथा प्रमाणपत्र प्रदान गरि खेल सप्ताहको समापन गरेको हो ।

गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले देशको समृद्धि नै अब खेलकुद क्षेत्रले निर्धारण गर्ने बताएका थिए ।
स्वास्थ्य र समृद्धिको सुचक खेलकुद भएको भन्दै उहाँले यसको विकासमा कन्जुसाई नगर्न आग्रह गरेका थिए । उनले शिक्षा र खेलकुद क्षेत्रमा गोर्खा मावी अब्बल रहेको भन्दै विद्यालयको प्रसंसा समेत गरेका थिए ।

कार्यक्रममा विधालयका सल्लाहाकार राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटा, १९ नं बाहिनीका मेजर युवराज खत्री, ईलाका प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगी,साहित्यकार तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश नं ३ का प्रदेश प्रमुख जयन्ती सत्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिद्यालयका उपाध्यक्ष डोर बहादुर जिसीको स्वागत रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*