Home / समाचार / नवनिर्वाचित अध्यक्ष गौतमलाई सम्मान

नवनिर्वाचित अध्यक्ष गौतमलाई सम्मान

तुलसीपुर, २ फागुन । एन प्याव्सन दाङका नवनिर्वाचित अध्यक्ष विमल गौतमलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । अध्यक्ष गौतमलाई सम्राट ईगलिस बोडिङ स्कुलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रक्षा काफ्लेको अध्यक्षता तथा तुलसीपुर वडा नम्वर ३ का वडा सदस्य छवि खरेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुले संयुक्त रुपमा सम्मान तथा बधाई ज्ञापन गरेका हुन । त्यस अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष गौतमले जिल्लामा रहेका निजि विद्यालयहरुको विकास र हकहितका लागि काम गर्ने बताएका थिए ।

निजि विद्यालयहरुले गरेको योगदानको सरकारले उचित मुल्यांकन गर्न नसकेको भन्दै गौतमले आपत्ति प्रकट गरेका थिए । साथै गौतमले सम्मानले आफुमा उर्जा प्राप्त भएको भन्दै अझै जोस र जागरका साथ काम गर्ने बताएका हुन । त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष गौतमलाई सम्मान पत्रद्वारा कार्यकाल सफलताको शुभ कामना व्यक्त गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल खिमप्रसाद भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*