Home / Feature Breaking news / पाँचबुँदे माग राख्दै पदमोद्यमा विद्यार्थीले लगाए ताला

पाँचबुँदे माग राख्दै पदमोद्यमा विद्यार्थीले लगाए ताला

घोराही, १ फागुन । जिल्लाकै पुरानो विद्यालयका रुपमा रहेको पद्मोदय पव्लीक नमूना माध्यामिक विद्यालय भरतपुरमा अटो मोबाइल्स अध्ययनरत बिद्यार्थीले ताला लगाएका छन । सिटीईभिटी अन्तर्गत डिप्लोमान इन अटोमोवाइल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुले पाँच बुँदे माग विद्यालय प्रशासनले पुरा गर्न गम्भीरता नदेखाएको भन्दै विद्यार्थीहरुले विद्यालयको गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् ।

विहीवार बिहान अटो मोवाइल्स अध्ययनरत विद्यार्थीहरुले अटो मोबाइल्स संकाय संयोजक सुशील अधिकारीको राजीनामा समेत माग गरेका छन । त्यसैगरी परिर्वतित पाठ्यक्रम र बिषयहरुप्रति गम्भीर भई पठनपाठन सहज रुपमा गराउनुपर्ने, ल्याव भवन र ल्याव सामाग्री याथाशिघ्र उपलव्ध गराउनुपर्ने, अटो मोबोइल्सका विद्यार्थीहरुको छुट्टै कक्षा कोठाको व्यवस्था हुनुपर्ने, लाईबे्ररी तथा सम्वन्धीत बिषयका पुस्तकहरु यथाशिघ्र उपलव्ध गराउनुपर्नेलगायतका मागहरु राखी विद्यार्थीहरुले ताला लगाएका हुन ।

madan

अटो मोबाइल्स संकाय संयोजकले परिर्वतित पाठ्यक्रम र विषयहरुप्रति गम्भीर नभई पुरानै पाठ्यक्रम पढाउँदा विद्यार्थीहरु समस्यामा परेको विद्यार्थी बिनोद ढकालले बताए । अटो मोवाइल्स दोश्रो सेमेष्टरको पाठ्यक्रम परिवर्तन भएपनि विद्यालयमा पुरानै पाठ्यक्रम अनुसार पढाई हुदाँ आफुहरु समस्यामा परेको उनले बताए ।

आन्दोलनतमा उत्रिएका विद्यार्थीहरुले विद्यार्थीहरुको समस्याप्रति प्रशासन जिम्मेवार नभएको भन्दै विद्यालयको प्राङगनमै नाराबाजी गरेका थिए । बिरोधमा उत्रिएका विद्यार्थीले विद्यालयका प्रचार्यको कोठामा ताला लगाउँदा प्रचार्य रामप्रसाद जैशीसहित घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, दाङ उद्योगवाणिज्य संघका अध्यक्ष नारायण भुषाललगायतका कोठाभित्रै थुनिएका थिए । विद्यालयका प्राचार्य, जनप्रतितिनिधिलगायत कोठाभित्रै थुनिएपछि प्रहरीले ताला फोडेर उनीहरुलाई बाहिर निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*