Home / Feature Breaking news / नेपाली सेनाको गाडी दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते

नेपाली सेनाको गाडी दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते

दाङ २९ माघ । सल्यानमा नेपाली सेनाको गाडीदुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन ।

सल्यानकोकपुरकोटबाट बुटवल जादै गरेको आर्मीको गाडी सल्यानको चोरखालामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा  सल्यानको कपुरकोटमा रहेको सबुज गणका जम्दारयादवप्रसाद घरेलको मृत्यु भएको हो । कपुरकोटमा रहेको सबुज गणको लु १ ग १२३नम्वरको गाडी कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा दुर्घटनामा परेको थियो ।दुर्घटनामा  गम्भीर घाइते भएका उनको उपचारकाक्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा ६ जना सेना घाइतेभएका छन ।  दुर्घटनामा घाइते हुनेमा गणका मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दारजयप्रकाश बोहरालगायतका रहेका छन । बाँकीको नाम खुल्न सकेको छैन । घाइतेहरुको तुलसीपुरमा रहेको राप्तीप्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकदेखि पाँच सय मिटर तल खोलामाखसेको थियो । घाइतेहरुको उदार नेपाली सेनाले गरिरहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*