Home / Feature Breaking news / घरेलु मैदानमा नेपालको पहिलो जित, ३५ रनले हार्‍यो अमेरिका

घरेलु मैदानमा नेपालको पहिलो जित, ३५ रनले हार्‍यो अमेरिका

 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यलाई अमेरिकाले पछ्याउँदै ४४.१ ओभरमा १ सय ५५  रन  बनाउँदै अलआउट भएको हो।

नेपालका लागि करण केसी ४ विकेट लिए । यस्तै सुसन भारीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए।

यसअघि नेपालले ४९.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि सबभन्दा बढी कुशल मल्ल र विनोद भण्डारीले रन बनाएका थिए। कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतक पार गरेका थिए। यससँगै १६ वर्षीय मल्ल डेब्यू खेलमै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका छन्।

उनले ५१ बलमा ५० रन बनाएका हुन्। त्यस्तै नेपालका लागि विनोद भण्डारीले अर्धसतक पार गरेका थिए।

उनले ७९ बलम ५९ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

त्रिकोणात्मक सिरिज अन्तर्गत अहिले ओमान र अमेरिका नेपाल भ्रमणमा छन्। यी तीन टोलीबीच दुई-दुई खेल गरेर प्रत्येकले चार खेल खेल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*