Home / Feature Breaking news / चट्याङले दाङमा तीन जनाको मृत्यु

चट्याङले दाङमा तीन जनाको मृत्यु

दाङ, २५ माघ

दाङमा चट्याङ्ले लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरका दुईजना र घोराहीका एकजनाको चट्याङ्ले लागेर मृत्यु भएको हो ।

शनिबार दिउसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ् लाग्दा उनकी ७ बर्षीया छोरी सृष्टि चौधरी र सोही ठाउँ निवासी ४५ बर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो ।

चट्याङ्ले लाग्दा गम्भीर घाईते भएका उनीहरुको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै शनिबार साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ११ हापुर निवासी सूर्यबहादुर पुरीको ८ बर्षीय छोरा तारावहादुर पुरी मृत्यु भएको हो । घरको आँगणमै खेलिरहेको अबस्थामा चट्याङ्ले लागी घाईते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*