Home / Feature Breaking news / १८ बर्षमा साढे १३ सय विगाह बढि जमिन अतिक्रमण

१८ बर्षमा साढे १३ सय विगाह बढि जमिन अतिक्रमण

दाङ,२३ माघ । दाङको बेलझुण्डीमा रहेको नेपाल सस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । दाङका विभिन्न स्थानमा रहेको १६ सय ७२ विगाह बढि जमीन मध्य करिव १८ बर्षको अवधिमा साढे १३ सय बढि विगाह जमिन अतिक्रणमा परेको छ ।

दाङ र देउखुरी उपत्यकाका विभिन्न स्थानमा विश्वविद्यालको जमिन पटक पटक गरेर एक हजार तीन सय ७२ विगाह अतिक्रमणमा परेको नेपाल सस्कृत विश्विद्यालय सामान्य प्रशासन तथा सम्पती व्यवस्थापन महाशाखाका प्रमुख लालबहादुर डाँगीले बताएका छन । जग्गा अतिक्रमणमा पर्दै गएपछि विश्वविद्यालयको दैनिक प्रशासनको कार्यमा समस्या हुने गरेको उनले बताए ।

मोही किसान, सुकुम्वासी र भुमिहिनका नाममा देउखुरीमा रहेको १३ सय ३६ विगाह जमिन र दाङको बेलझुण्डीलगायतका क्षेत्रमा रहेको ३६ विगाह जमिन अतिक्रमणमा परेको महाशाखा प्रमुख डाँगीले बताए । उनका अनुसार विश्वविद्यालयको सवैभन्दा धेरै जग्गा सरकार र विद्रोही माओवादीको सशस्त्र द्धन्द्धका क्रममा २०५८ अतिक्रमणमा परेको थियो । जग्गा अतिक्रमित परेसँगै विश्वविद्यालयले उक्त जग्गाबाट प्राप्त गर्दै आएको आम्दानी समेत बन्द भएको उनले बताए । जग्गा अतिक्रमणमा नपर्दासम्म उक्त जमिनबाट विश्वविद्यालयले बार्षिक २५ लाख बढि आम्दानी बुझ्दै आएको महाशाखा प्रमुख डागीले बताएका छन ।

त्यो भन्दा पहिले किसानसँग भएको सम्झौता अनुसार विश्वविद्यालयले प्रत्यक उव्जनी पाउँदै आएपनि २०५८ सालदेखि पाउँन छोडेको डाँगीले बताएका छन । ‘२०५८ सालसम्म किसान र विश्वविद्यालयका विच भएको सम्झौता अनुसार किसानहरुले उत्पादनको तीन खण्ड आफुले राख्ने र एक खण्ड विश्वविद्यालयलाई बुझाउँदै आएका थिए’,महाशाखाका प्रमुख डाँगीले भने,‘त्यसपछि विश्वविद्यालयले उक्त जग्गाबाट एक मुठी समेत अन्न प्राप्त गरेको छैन ।’ महाशाखाका प्रमुख डाँगीका १३ सय ३६ विगाह जमिन मध्य चार सय ८ विगाहमा जमिनमा मात्र मोही रहेको बताए । बाँकी जग्गामा मोही नभए पनि सुकुम्वासी तथा भुमिहिन किसानका नाममा कव्बा गरिएको बताए । उनका अनुसार देउखुरीको राजपुर गाउँपालिकाको जंग्रहवा, गंगदी,सालभैरी,लमहीको सतवरिया,जहरे, रिहार, खोलीगाउँ,असनीसँगै गढवा गाउँपालिकाको महदेहवामा जग्गा अतिक्रमणमा परेको डाँगीले जानकारी दिएका छन । ‘सशस्त्र द्धन्द्ध भन्दा पहिले तारवार गरेर संरक्षण गरिएको गरिएको जग्गा अतिक्रमणमा परेको छैन’,उनले भने,‘नत्र अधिकांस जग्गा अतिक्रमण भएको छ ।’ अतिक्रमित जग्गा हटाउनकालागि प्रशासनलाई पटक पटक आग्रह गरेपनि हटाउन सकिएको छैन ।

त्यस्तै दाङको बेलझुण्डी, मनिकापुर, दोकाने डाडा, बलैनी, रत्न उद्यानलगायतका क्षेत्रमा रहेको ३ सय २६ विगाह जमिन मध्य दाङमा ३६ विगाह समेत अतिक्रमण रहेको छ । दाङ विश्वविद्यालयले गौचरण, खेलमैदान, खोला क्षेत्रमा तारबार गर्न नपाएको जग्गा अतिक्रमणमा परेको डाँगीले बताए । अतिक्रमणमा परेको जग्गा फिर्ताका लागि पटक पटक प्रयास भएपनि राजनीतिक स्वास्र्थका हुन नसकेको उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*