Home / समाचार / महोत्सवमा बेनेलीका सात मोटरसाईकल विक्री

महोत्सवमा बेनेलीका सात मोटरसाईकल विक्री

दाङ,१६ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन एबं कृषि औद्योगिक महोत्सवमा बेनेली मोटरसाईकल प्रतिको आकर्षण बढेको छ ।

घोराहीमा रहेको बेनेली मोटरसाईकलको शोरुमले महोत्सवमा सञ्चालन गरेको स्टलबाट ७ वटा मोटरसाईकल विक्री भएको शोरुमका सञ्चालक सञ्जिव पछाईँले जानकारी दिए । उनका अनुसार तीन लाख १५ हजार मुल्यका ६ वटा र दुई लाख तीस हजार मुल्य पर्ने एउटा मोटरसाईकल विक्री भएका छन् ।

युवाहरुको आकर्षण बनेको यो मोटरसाईकल प्रति यो पुस्ताको मोह बढेको छ । युवा पुस्ताका लागि सहज मानिएको यो मोटरसाईकलको खरिदकर्ता पनि युवाहरु नै बढि छन् । महोत्सवमा रहेको यो मोटरसाईकलको शोरुममा ग्राहकहरुको दिनुहँ उल्लेख्य चाप रहेको हुन्छ । मोटरसाईकलका बारेमा जानकारी लिन तथा खरिदका लागि ग्राहकहरुको संख्या दिनहुँ बढिरहेको सञ्चालक पछाईँले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*