Home / समाचार / भ्यालिटपका विद्यार्थीद्धारा सडक सरसफाई

भ्यालिटपका विद्यार्थीद्धारा सडक सरसफाई

दाङ,१४ माघ । मानिसहरुमा सरसफाईको चेतना अभिवृद्ध गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको भ्यालिटप बोर्डिङ स्कुलका विद्यार्थीहरुले सडक सरसफाई गरेका छन ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आईएसए प्रोजेक्ट फर ग्लोबल एजुकेशन कार्यक्रम अन्तर्गत मंगलबार घोराहीका विभिन्न टोलका सडकहरु सरसफाई गरेका हुन । मानिसहरुमा सरसफाईको चेतनाअभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई गरेको विद्यालयका शिक्षक अमरक्षितिज भण्डारीले जानकारी दिएका छन ।

st

उनका अनुसार विद्यार्थीले विद्यालयका गेटदेखि काठकोठ टोल विकास हुँदै मेचीकालीचोक, मेचीकालीचोकदेखि भिंग्रेलीचोकबाट भिमसेन टोल, म्याङगो गार्डेन हुदै विद्यालयको गेटसम्मको सडकमा रहेको फोहर संकलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*