Home / Feature Breaking news / प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा शर्मा, घिमीरे र भट्टराई विजयी

प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा शर्मा, घिमीरे र भट्टराई विजयी

दाङ,९ माघ ।
प्रदेश नं. ५ बाट राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरु बिजयी भएका छन ।

विहिवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं. ५ मा अपांग एव अल्पसंख्यकतर्फबाट नेकपाका उम्मेदवार जगप्रसाद शर्मा, महिला सदस्यमा बिमला घिमिरे र अन्यमा गोपाल भट्टराई बिजयी भएका हुन् ।
निर्वाचनमा खसेको मत मध्य ५ हजार चार सय २४ मतभारसहित अपांग एव अल्पसंख्यकतर्फबाट शर्मा बिजयी भएका हुन ।

शर्मा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार मेराज अहमद हलवाईले एक हजार नौ सय ६८ मतभार प्राप्त गर्नुभएकाे छ । त्यस्तै समाजवादी पार्टीका उम्मेदवार सुनिलकुमार सिंगलले चार सय २० मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै ५ हजार ७ सय ७८ मतभार ल्याएर बिमला घिमिरे राष्ट्रियसभा महिला सदस्यमा बिजयी भएकी हुन् ।

निर्वाचनमा घिमिरेकी प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेले २ हजार एक सय मतभार ल्याउनुभएकाे छ । त्यस्तै अन्य सदस्यमा नेकपाकै गोपाल भट्टराई ५ हजार तीन सय ८२ मतभार ल्याएर बिजयी भएका छन ।

उनका निकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार बालकृष्ण पाण्डेयले २ हजार ५२ मतभार प्राप्त गर्दा समाजवादी पार्टीका उम्मेदवार कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवार शिवप्रसाद पौडेलले १ सय ५६ मत प्राप्त गर्नुभएकाे छ ।

पाँच नम्बर प्रदेशमा ३ पदकालागी ९ जनाकाे उमेद्वारी परेकाे थियाे । जसमा नेकपा ३, नेपाली काग्रेस ३, समाजवादी पार्टी २ र जनमाेर्चाबाट १ जना उमेद्वार रहेका थिए ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्,मुख उप-प्रमुख ३ सय ५ जना मतदाता रहेकाेमा ३ सय ३ मत खसेकाे थियाे ।

प्रदेश सभा सदस्य रूपन्देहीका बलदेव शर्मा पाेख्रेलकाे केही दिन पहिले निधन भएकाे र नरैनापुर गाँउपालिका बाँकेका उपाध्यक्ष अस्वस्थताका कारण उपस्थित नभएकाले २ मत खसेन ।

विहीवार विहान १० देखि दिउसाे घाेराहीकाे कर्मचारी मिलन केन्द्रमा मतदान भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*