Home / Feature Breaking news / पाँच नम्बर प्रदेशकाे राष्ट्रिय सभाकाे निर्वाचन सुरू

पाँच नम्बर प्रदेशकाे राष्ट्रिय सभाकाे निर्वाचन सुरू

दाङ, ९ माघ

राष्ट्रिय सभा सदस्यका लागि प्रेदश न ५ मा मतदान सुरु भएको छ । ३ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश न ५ मुख्य मन्त्री शंकर पोख्रेल मतदान गरेर सुरु गरेका छन ।

प्रदेश ५ मा ३ सदस्यका लागि ३०५ जनाले मतदान गर्ने भएका छन् ।
घोराहीको कर्मचारी मिलन केन्द्रमा स्थापना गरिएको मतदान केन्द्रमा मुख्य मन्त्री संगै सभामुख पुर्ण घर्तीलगायतकाले मतदान गरेका छन । निर्वाचनका लागि क र ख मतदान केन्द्र गरेर २ वटा मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन ।
उनका अनुसार क मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुले मतदान गर्नेछन् भने ख मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । क मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् भने ख मतदान केन्द्रमा प्रदेश भरका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन् । ३ सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । कुल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, संघीय समाजवादी पार्टीलगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*