Home / Feature Breaking news / नेपाल प्रहरीकाे गाडीमा ट्राफिक प्रहरीकाे ‘ह्विल लक’

नेपाल प्रहरीकाे गाडीमा ट्राफिक प्रहरीकाे ‘ह्विल लक’

काठमाडाैँ, ६ माघ ।
‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली आहान छ । नेपाल प्रहरीमाथि पनि बेलाबेला यस्तै आरोप लाग्छ ।
तर ट्राफिक प्रहरीले त्यसलाई गलत सावित गरिदिएको छ । ट्राफिकले सोमबार पार्किङ निषेधित क्षेत्रमा राखिएको नेपाल प्रहरीकै गाडीको ‘ह्विल लक’ गरेको छ ।
अनामनगरमा ना१झ १४२५ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा रोकेर राखेको भेटिएपछि ‘ह्विल लक’ गरेर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

‘यो भनेको ट्राफिक नियम उल्लंघन गर्ने सकैलाई पनि छाडिन्न भन्ने उदाहारण हो,’ उनले भने, ‘कसैले पनि नियम मिच्दा उन्मुक्ति पाउँदैन ।’
यो गाडी कुन प्रहरी इकाइको हो भन्नेचाहिँ खुलेको छैन । प्रहरी कार्यालयले नभइ ड्राइभरको गल्ती गरेकाले उसैलाई कारबाही हुने श्रेष्ठले बताए ।
यसअघि ट्राफिकले गृह मन्त्रालयका एक सहसचिव चढ्ने गाडीको पनि हि्वल लक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*