Home / Feature Breaking news / प्रथम खुला फुटसलको उपाधि ज्ञानज्योतिलाई

प्रथम खुला फुटसलको उपाधि ज्ञानज्योतिलाई

लक्ष्मण बस्नेत
तुलसीपुर,४ माघ । दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता–२०७६ को उपाधि पब्लिक ज्ञानज्योती स्कुल तुलसीपुरले चुमेको छ ।
मुनाल युवा क्लब तुलसीपुर–४ रक्षाचौर दाङको आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेलमा स्काई सुर्खेतलाई पेनाल्टीमा शून्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसीपुरले उपाधि चुमेको हो । उपाधीसँंगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पारेको छ ।

उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सिमित रहदै नगद २५ हजार पुरस्कार राशीमा चित्त बुझाउन बाध्य भयो । तुलसीपुर–६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा उल्लेख्य दर्शकका बिचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेलको निर्धारित समय सिमासम्म ४–४ गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो ।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम र आदेश केसी रहेका थिए ।

प्रतियोगिताका संयोजक सुरज डागीको अध्यक्षता भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ बेस्ट प्लेयर खेलाडी पब्लिक ज्ञानज्योतिका निशान डागी,बेस्ट डिफेन्स स्काई सुर्खेतका सुदिप गुरुङ र बेस्ट किप्पर मुनाल युवा क्लबका सुमन केसीलाई पुरस्कृत गरिएको प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिएका छन । कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*