Home / Feature Breaking news / मन्ठाेरियामा माघी महाेत्सव सुरू

मन्ठाेरियामा माघी महाेत्सव सुरू

नारायणपुर, ४ माघ
घाेराही उमहानगरपालिका वडम नम्बर १० उत्तर अमराईमा रहेकाे मन्ठाेरिया भवानी मन्दिरमा दुई दिने माघी महाेत्सव सुरू भएकाे छ । हरेक बर्ष माघकाे ४ र ५ गते अायाेजना हुने महाेत्सवकाे भव्य कार्यक्रमकाबीच उद्घाटन गरिएकाे छ ।

घाेराही उपमहानगरपालिका वडा नम्बर १० काे सहयाेग र मन्दिर व्यवस्थापन समितिले अायाेजना गरेका महाेत्सवकाे प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले गर्नुभएकाे हाे ।
मन्दिरमा ५ किलाेकाे घण्ट स्थापना गरेर महाेत्सवकाे यद्घाटन गरिएकाे थियाे ।
उद्घाटन कार्यक्रममा बाेल्ने वक्ताहरूले बर्षाै पहिले एकरातमा बनेकाे मन्ठाेरिया मन्दिरकाे संरक्षण र प्रचारप्रचारमा ध्यान दिनुपर्ने बताएका थिए ।

एतिहासिक महत्व बाेकेकाे मन्दिरकाे संरक्षण र सम्बर्धनमा स्थानीय तहदेखी प्रदेश सरकारकाे नजर पुग्न नसकेकाे उनीहरूकाे भनाई छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगलप्रसाद चाैधरीकाे अध्यक्षता प्रदेश सभा सदस्य अमरबहादुर डाँगीकाे प्रमुख अातिथ्य र भ्रमण बर्ष-2020 पाँच नम्बर प्रदेशकाे सचिवालय सदस्य सुन्दर गाैतमकाे विशिष्ठ अातिथ्यमा भएकाे कार्यक्रममा घाेराही १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल), वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चाैधरी, मावि नारायणपुरका प्रधानाध्यापक उत्तम खनाल, मावि नारायणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डे, नारायणपुर उद्याेग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, नारायणपुर खानेपानी समितिका अध्यक्ष कुलप्रसाद रजा‌ैरे(श्रवण), नेपाल पत्रकार महासंघ दाङका काेषाध्यक्ष अार.के.शीतल, मतावा चन्द्रप्रसाद चा‌ैधरी लगायतले शुभकामना मन्तव्य राखिएकाे थियाे ।

शारदा चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण बुद्धिराम चाैधरीले गर्नुभएकाे थियाे । दुई दिन सम्म चल्ने महाेत्सवमा शनिवार विभिन्न गाँउकाे थारू नृत्य प्रस्तुत गरिएकाे थियाे भने अाईतवार विभिन्न कलाकारहरूकाे प्रस्तुति रहने घाेराही १० का वडम सदस्य मंगलप्रसाद चाैधरीले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*