Home / Feature Breaking news / नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री देउवा दाङ आउने

नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री देउवा दाङ आउने

दाङ,३ माघ । नेपाल मानब अधिकार संगठनको दाङमा हुन लागेको १४ औँ केन्द्रिय अधिवेशनको उद्घाटन गर्न नेपाली काग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आउने भएका छन ।

यही माघ ५ र ६ गते दाङको घोराहीमा थालेको राष्ट्रिय अधिवेशन उद्घाटनका लागी देउवा शनिवार घोराही आउने कार्यक्रम रहेको नेपाल मानब अधिकार सगठनका जिल्ला अध्यक्ष ऋषिराम शर्माले जानकारी दिएका छन । अबिधेशनको उद्घाटन आईतबार बिहान ११ बजे हुने भएको छ ।

देउवासँगै राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्याधीश अनुपराज शर्मालगायतका नेताहरु दाङ आउने कार्यक्रम रहेको छ । माघ ५ र ६ गते दुई दिनसम्म दाङको घोराहीमा हुने राष्ट्रिय भेला तथा अधिवेशनमा भाग लिन मानब अधिकार संगठनका देशका ७७ जिल्लाबाट दुई जना प्रतिनिधि र एक जना परिवेक्षक आउन थालेका छन । कार्यक्रममा देशभरबाट करिब ३ सय मानब अधिकारकर्मीको सहभागिता रहने नेपाल मानब अधिकार सगठनका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन ।

दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय भेला तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजक मानवअधिकार संगठनले जानकारी दिएको छ । राष्ट्रिय भेला तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको तयारी उपसमितिका सयोजक बिमला योगिले जानकारी दिएकी छिन । बैठक नेपाल मानब अधिकार सगठनका जिल्ला अध्यक्ष ऋषिराम शर्माको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष ईन्द्र अर्यालयको प्रमुख आतिथ्यता र केन्दिय महासचिव महामुनिश्वर आचार्यको बिशिष्ट आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*