Home / Feature Breaking news / मेलाकाे अवसरमा ट्राफिक सचेतना कार्यक्रम

मेलाकाे अवसरमा ट्राफिक सचेतना कार्यक्रम

दाङ, २ माघ
माघ १ गते माघे सक्रान्तीमाे अवसरमा लाग्ने मेलामा ट्राफिक प्रहरीले चेतनामूलक पर्चा पप्लेट वितरण गरेकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घाेराही १३ बाह्रकुने दह र देउखुरीकाे रिहारमा लागेकाे मेलामा चेतनामूलक पर्चा पप्लेट वितरण गरेकाे हाे ।

ट्राफिक नियमबारे चेतनामूलक पर्चा पप्लेट वितरण गरिएकाे र चालकहरूलाई पनि नियमबारे जानकारी दिने कार्य भएकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयाे ।

दुबै स्थानका मेलामा चेतनामूलक जिंगलहरू पनि प्रसारण गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*