Home / समाचार / शिक्षकलाई महिलालाई नेतृत्व बिकास तालिम

शिक्षकलाई महिलालाई नेतृत्व बिकास तालिम

दाङ, २६ पुस । नेपाल शिक्षक संघ दाङको आयोजनामा महिला नेतृत्व क्षमता बिकास तथा सशक्तिकरण तालिम शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला शिक्षकहरुको नेतृत्व क्षमता बिकास र उनीहरुलाई सशक्तिकरण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल शिक्षक संघका सह–सचिव महिला बसन्ता पौडेलले जानकारी दिनुभयो ।

तालिममा नेपाल शिक्षक संघ ५ नं प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले संघको इतिहासका बिषयमा,महिला उपाध्याक्ष शान्ति योगीले नेतत्व बिकासका बिषयमा, संघका जिल्ला महिला सहसचिव बसन्ता पौडेलले २०४६ सालको जनआन्दोलन र नेपाल शिक्षक संघको सहभागिताका बिषयमा, प्रदेश सदस्य देउकुमारी चौधरीले पेशागत हक प्राप्तिमा नेपाल शिक्षक संघको योगदानका बिषयमा, नेपाल टे«ड युनियन काग्रेस ५ नं प्रदेशका सह कोषाध्यक्ष लक्ष्मी न्यौपानेले नेता र नेतृत्वका बिषयमा, संघका निवर्तमान संघीय उपमहासचिव शुशीला सुवेदीले महिला नेतत्वका बर्तमान अवस्थाका बिषयमा, जिल्ला महिला उपाध्यक्ष अनन्ता केसीले महिला सहभागिता र सशक्तिकरणका बिषयमा प्रशिक्षण दिनु भएको थियो । तालिममा दाङका १० वटै स्थानीय तहमा नेपाल शिक्षक संघमा आवद्ध करिव एक सय शिक्षकहरुको सहभागिता रहेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज बस्नेतले जानकारी दिनुभयो ।

नेपाल शिक्षक संघ दाङका महिला बिभाग संयोजक अनन्ता के।सी। को अध्यक्षता एंव संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको बिशिष्ट आतिथ्यतामा तालिम कार्यक्रमको उदघाटन गरिएको थियो । तालिमको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले घोराही उपमहानगरपालिकाले बिचार र आस्थाका आधारमा शिक्षकहरुको दरवन्दी मिलान भएको भन्दै त्यसलाई नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले वर्तमान सरकार दुइ तिहाइको दम्भमा हिडेको र उसले संघीय निति नियम बिपरित संघका आवद्ध शिक्षकहरुलाई तर्साउने काम गरिरहेको बताउनुभयो । प्रदेश अध्यक्ष योगीले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक दरवन्दी मिलान नसच्चिए आन्दोलनबाटै निकास खोज्न बाध्य हुने चेतावनी दिनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज बस्नेत, संघका संघीय बरिष्ट पूर्व उपाध्याक्ष गोविन्द प्रसाद न्यौपाने, संघका ५ नं प्रदेश उपाध्याक्ष शान्ति योगी, नेपाल टे«ड यूनियन काग्रेस महिला समिति संयोजक सीता शर्मा लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका जिल्ला महिला सहसचिव बसन्ता पौडेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*