Home / Feature Breaking news / शिक्षक दरवन्दी मिलान सच्याउन शिक्षक संघको आग्रह

शिक्षक दरवन्दी मिलान सच्याउन शिक्षक संघको आग्रह

दाङ,२६ पुस । नेपाल शिक्षक संघ घोराही दाङको भेलाले घोराही उपमहानगरपालिकाको नगर शिक्षा समितिले हालै गरेको शिक्षक दरवन्दी मिलान बिचारबाट पूर्वाग्रही भएको भन्दै तत्काल सच्चाउन माग गरेको छ ।

संघका अध्यक्ष गिरिराज शर्मा अधिकारीको अध्यक्षता तथा नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बोल्ने बक्ताहरुले राजनितिका आस्था र बिचारबाट पूर्वाग्रही हिसावले दरवन्दी मिलान भएको गुनासो गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघका ५ नम्वर प्रदेश अध्यक्ष योगीले घोराही उपमहानगरपाकिाभित्र गरिएको शिक्षक दरवन्दीका संघीय शिक्षा मन्त्रालयले गरेको दरवन्दी मिलानको बिपरित भएको बताउनुभयो । पेशागत संघसंगठनको परामर्स बिना पूर्वाग्रहरी हिसावले घोराहीमा गरिएको दरवन्दी मिलान तत्काल नसच्चाए शिक्षक संघ आन्दोलनमा जान बाध्य हुने भन्दै योगीले त्यसका लागि तयारी अवस्थामा बस्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

भेलाले आगामी माघ ४ गते घोराही स्थानीय तहको प्रतिनिधि सभा गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा यसबर्ष बाह्य तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुभएका घोराही उपमहानगरपालिका शिक्षकहरुलाई सम्मान गर्ने पनि निर्णय गरेको छ । नगर पालिकाका १९ वटै वडा र विद्यालय तहमा शिक्षक संघ को ईकाई समिति गठन गर्ने, शिक्षक एकता बचत तथा ऋण सहकारी संस्था मा सम्पूर्ण नेपाल शिक्षक संघका शिक्षकहरुलाई सदस्य बन्न अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुन कुमार योगीले शिक्षकहरुलाई शैक्षिण गुणस्तरीयता कायम गराउने गरी काम गर्ने वातावरण बनाउनका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत जिल्ला सचिव प्रकाश डाँगी, पुर्व जिल्ला सदस्य सतिस आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम को सहजीकरण संघका सहसचिव जगतबहादुर वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*