Home / Feature Breaking news / सर्वोत्तम बहुउद्देश्यीयले सहकारी सहुलियत बजार सञ्चालन गर्ने

सर्वोत्तम बहुउद्देश्यीयले सहकारी सहुलियत बजार सञ्चालन गर्ने

दाङ, २६ पुस । सर्वोतम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड घोराही दाङको पाँचौे बार्षिक साधारणसधामा शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव घोराही उपमहागरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बहुउद्देश्यीय सहकारी संस्थाको प्रकृति नै फरक हुने हुदा यसलाई बचत तथा ऋणको कार्यमा मात्रै सिमित गर्न नहुने भन्दै अव बहुउद्देश्यीय सहकारी संस्थाहरु सेवामुखी परियोजना सञ्चालनमा केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेय बहुउद्देश्यीय सहकारी संस्थाका कार्य क्षेत्र थुप्रै हुने भन्दै त्यसले कार्यान्वयन गर्ने अव सर्वोत्तमले उत्पादनमुखी र ब्यावसायिमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । देखासिखिमा अगाडी बढ्ने प्रबृत्तिले गर्दा दिर्घकालिन परिणाममुखी कार्य हुन नसक्ने उदाहरण दाङमा थुप्रै भएको भन्दै यसबाट जोगिनै नमुनायोग्य काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

संस्थाले बचत तथा ऋण कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने मोहन नेपाली र बचत कार्यक्रममा उत्कष्ट कार्य गर्ने पदम भण्डारीलाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्याक्ष शालिकराम खनालले स्वागत गर्नु भएको संस्थाको साधारण सभाको उदघाटन सत्रमा जिल्ला बचत संघकी उपाध्यक्ष हुमा डि।सी।, संस्थाका संस्थापक अध्यक्ष बेगबहादुर सुनार, सल्लाहकार एकराज देवकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक बालचन्द्र शर्मा,सञ्चालक समिति सदस्य शिवराज खनाल र शेयर सदस्य रश्मि पाण्डेय धिताल लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सवैलाई संस्थाका सञ्चालक समिति सदस्य हेमराज शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गुरुप्रसाद खनालले गर्नुभएको थियो ।

साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष ध्रुवराज पौडेलले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष माधव खनालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेकोछ ।

सहकारी सहुलियत बजार सञ्चालन गरिने
आफ्ना शेयर सदस्य सहित आम उपभोक्ताहरुलाई दैनिक उपभोग्य बस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले घोराहीमा सहकारी सहुलियत बजार सञ्चालन गरिने भएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था घोराही दाङको पाँचौ साधारण सभाले सहुलियत दरमा ताजा, अर्गोनिक, दुर्लभ कृषिजन्य तथा अन्य दैनिक उपभोग्य सामान पाउने गरी बृहत सहकारी सहुलियत बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले प्रस्ताव गरेको पञ्च बर्षिय रणनितिक कार्ययोजना अन्र्तगत पहिलो प्राथमिकतामा परेको सहकारी सहुलियत बजार सञ्चालन गर्ने नितिगत निर्णय गरेको हो । सहकारी बहुलियत बजार सञ्चालनका लागि उत्पादक किसान, बिक्रिी गर्ने निकाय र उपभोक्ताबिचको समन्वयमा अघी बढाउने निर्णय समेत साधारणसभाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*