Home / Feature Breaking news / शरण सम्झना कप : फाइनलमा रतनपुर–११ र सक्सेस भिड्ने

शरण सम्झना कप : फाइनलमा रतनपुर–११ र सक्सेस भिड्ने

दाङ,२५ पुस । शरण सम्झना कपको फाइनलमा रतनपुर–११ र सक्सेस फुटबल क्लव भिड्ने भएका छन । राप्ती क्लवको आयोजनामा भएको शरण सम्झना कप–२०७६ को फाइनल खेलमा शनिवार आज दुई क्लव भिड्ने भएका हुन ।

प्रतियोगिताको सेमिफाइनल खेलमा रतनपुर–११ ले मेघा युथ क्लवलाई ० का विरुद्ध १ र सक्सेस फुटबल क्लवले १ का विरुद्ध ३ गोल गर्दै फाइनल यात्रा तय गरेका थिए । घोराही उपमहानगरपालिका वडा नं. १५ को भरतपुर खेल मैदानमा भएको सेमिफाइनलको पहिलो खेलमा रतनपुरको बिजयीका लागि जर्सी नं. २ का खेलाडी असिम गुरुङले आकर्षक गोल गरेका थिए । उनले मेघाका खेलाडीले गरेको फाउललाई फ्रि किकका माध्यमबाट गोल गरेका थिए । त्यसपछि निर्धारित समयको खेलमा दुवै टिमका खेलाडीहरुले गोल गर्न नसकेपछि रतनपुर–११ फाइनलमा पुगेको हो ।

सेमिफाइनल खेलको दोश्रो खेलमा फुर्सेखाली फुटबल क्लवलाई १ का विरुद्ध ३ गोल गर्दै सक्सेस फुटबल क्लब प्रतियोगिताको फाइनलमा पुगेको हो । सक्सेसलाई बिजयी बनाउनका लागि तीन जना खेलाडीले समान १–१ गोल गरेका थिए । सक्सेसलाई बिजयी बनाउनकालागि जर्सी नं. ७ का खेलाडी अविषेक वली, जर्सी नं. १० का खेलाडी हर्स आले र जर्सी नं. ९ का खेलाडी अर्जुन नेपालीले १–१ गोलको योगदान गरेका थिए । उक्त खेलमा फुर्सेखालीका खेलाडी जर्सी नं. ९ का राजकुमार मगरले सान्तवना १ गोल फर्काएका थिए ।

शरण सम्झाना कपको बिजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयासहित प्रमाणपत्र,मेडल प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैँयासहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजक राप्ती क्लवले जानकारी दिएको छ । प्रतियोगिताको आज शनिवार साढे १ बजे फाइनल खेल घोराही उपमहानगरपालिका वडा नं. १८ को नवलपुर खेल मैदानमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*