Home / Feature Breaking news / ‘दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे’

‘दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे’

घाेराही, २४ पुस
स्थानीय सरकारले व्यवसाय दर्ताको गैर व्यवसायिहरु लाइ राजश्व छलि गरेर रसिद काटेको व्यवसायीहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले यस्तो बताएका हुन् ।

उनीहरुले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो बताएका छन् । पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले राजस्व छलि गरेर रसिद काटेको बताए ।

उप महानगरपालिका वाट रसिद बुझेकाे भन्दम एक महिना अगाडीकाे मितिमा रसिद काटिएको पाइएको बताए । घोराही उप महानगरपालिका वडा नं २ मा व्उवसायी दर्ताकाे नामका नियम विपरित कार्य भएकाे जाेशीले बताए । यसरी रसिद काटिदा राजस्व छलि हुनु उनको भनाइ रहेको छ । ‘अहिले स्थानिय सरकार छोटे सरकार वनेका छन्’ उद्योग उपाध्यक्ष जोसीले भने ।

संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले उवासंघमा गैरव्यवासायीहरूकाे प्रवेश नहाेस् भन्ने अाफूहरूकाे उद्धेश्य रहेकाे बताए । “गैर व्यवसायीहरु सदस्य आएको गुनासो आए हामीले सत्यतथ्उ बुझ्न वडा कार्यालयसम्म पुगेमा हाैँ” बुढाथाेकीले भने- “अनुगमनका क्रममा वडा कार्यालयहरुले गैर कानुनी काम गरेको पाइएको छ । यस विषयमा उवासंघले नै चासाे दिनुपर्छ ।” यस विषयमा बैठकमा छलफल गरेर अगाडि बढ्न पटक पटक आग्रह गरे पनि अध्यक्ष र महासचिवले बैठक नबसालेकाले आफुहरु पत्रकार सम्मेलन गर्न बाध्य भएकाे उनकाे भनाई छ ।

आफुहरु र अध्यक्ष विच भएको सहमती समेत कार्यान्वयन नभएको वुढाथोकीको भनाइ रहेको छ ।

संघका सचिव माया पोख्रेलले यस विषयलाइ बैठकमा निरन्तर उठाउदै आएको बताइन । तर त्यसको कार्यान्वय हुन नसकेको उनको भनाइ रहेको छ ।

काेषाध्यक्ष सुशील पाेख्रेलले उवासंघलाई विशुद्ध व्यवसायीहरूकाे संस्था बनाउने अभियान भएकाे भएपनि अध्यक्ष र महासचिवले यसलाई गम्भीर रूपमा नलिएकाे बताए । “उवासंघकाे गरिमालाई बचाईराख्नुपर्छ भन्ने हाम्राे मान्यता हाे यस विषयमा सबै गम्भीर हुन अावश्यक छ ।” काेषाध्यक्ष पाेख्रेलले भने-“मत अाफ्नाे पक्षमा पार्न स्थानीय सरकार पनि लागेकाे छ, हाम्राे नेतृत्वले पनि गल्तीलाई गल्ती भन्न सक्नुपर्छ ।”

संघका महासचिव नरेश कार्कीले संघमा व्यवासायिहरु मात्र सदस्यता हुने भन्दै गैर व्यवसायीहरु संघमा आवद्ध हुन नपाउने उनको भनाइ रहेको छ । आफुले प्रमाण पुगेर आएका फाइलमा मात्र सहि गरेको बताए । वडाले गल्तीका बारेमा आफुहरु लाइ जानकारी नहुने भएकाले वडाले कागजपत्र मात्र हेरेकाे बताए ।

“प्रमाण नै गैर कानुनी आएको भनेर सार्वजनिक भए पछि यसका वारेमा छानविन गरिने छ ” महासचिव कार्कीले भने- ” फाईलहरू कानुनी वा गैर कानुनी छानविनका लागि मैले माघको पहिलो हप्तामा प्रशासनमा पठाउने छु ।”

पत्रकार सम्मेलनमा सदस्यहरु कमल पोख्रेल, धनपती शर्मा, विन्दु दाहाल, छविनारायण गिरी, मिनराज भाटको सहभागिता रहेको थियो प्राजातान्त्रिक उद्यमी संघले बुधवार गैर व्यवसायीहरूलाई दाङ जिल्जा उद्याेग वाणिज्य संघकाे सदस्य बनाउन नहुने भन्दै प्रेस विज्ञप्ती निकालेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*