Home / Feature Breaking news / यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उमेद्वार (नामावलीसहित)

यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उमेद्वार (नामावलीसहित)

काठमाडौं, पुस १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी बैठकले सातै प्रदेशका  १६ उम्मेदवारको नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदैछ।

यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवार

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ६

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*