Home / Feature Breaking news / ईन्टर स्कुल फुटसलको उपाधी पब्लिक ज्ञानज्योतीलाई

ईन्टर स्कुल फुटसलको उपाधी पब्लिक ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत
दाङ, १९ पुस 
दाङको तुलसिपुरमा संचालित दोश्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता (२०७६) को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुर ले हात पारेको छ ।
तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड तुलसीपुरमा सनिवार सम्पन्न फाइनल खेलमा तुलसी आवासिय माबी तुलसिपुर लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञान ज्योती ले उपाधी चुमेको हो ।
उपाधी संगै उसले नगद ३० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो। कडा प्रतिस्पर्धात्मक खेलमा ज्ञानज्योति का किरण योगि ले २ गोल गरे ।
त्यस्तै फाईनलमा पराजित तुलसी माबी उपविजेतामा सिमित रहदै नगद १५ हजार,कप मेडल तथा प्रमाणपत्र हात पार्न सफल रह्यो ।
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ११टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष बरुण श्रेष्ठ को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य मा भएको थियो ! कार्यक्रमको संचालन कमल भण्डारी ले गरेका थिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*