Home / Feature Breaking news / लमही-काेईलाबास हुलाकी सडककाे मुआब्जामा विभद भयाे: कांग्रेस

लमही-काेईलाबास हुलाकी सडककाे मुआब्जामा विभद भयाे: कांग्रेस

शिवराज खनाल
देउखुरी, १८ पुस
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नंवर १ ले लमही कोइलाबास हुलाकी सडक निर्माणको काम र मुअाब्जामा विभेद गरिएको आरोप लगाएको छ। क्षेत्रीय समितिले शुक्रवार विज्ञप्ती निकालेर यस्ताे अाराेप लगाएकाे हाे ।

क्षेत्रीय सभापति भेषराज पान्डे र सचिव हरिहर शर्माद्धारा हस्ताक्षरित ज्ञप्तिमा जग्गाको मुवाब्जा बुझिसके पश्चात पनि घरजग्गाका मोहिले बाटोको मापदण्ड अनुसार ३० मिटर कायम नगरेर बिकासको गतिलाई अबरोध पुराईएको प्रती सरोकारवालाको ध्यानाकर्षण गराईएको छ। यसका साथै बाटोको चौडाइ , न्यायोचित मुवाब्जा लगाएत सर्बदलिय सर्बपक्षिय छलफलमा गरिएका सम्पुर्ण कुराहरु लागु गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।

देउखुरीको पहिचान साथै समग्र विकाससँग जोडियको हुलाकी सडक समग्र राष्ट्रिय गौरवको आयोजना रहेकाले सरेवदलिय सर्वपक्षीय बैठकले गरेका निर्णय अनुसार काम गर्न विज्ञप्तीमार्फत अनुराेध गरिएकाे छ ।

खानेपानीका पाइपलाइन बिधुतका पोलहरु सार्ने, सेम्रहवा र बोधिपुरमा निर्धारण गरियको बिभेदकारी मुवाब्जा, बाटोको गुणस्तर र लमही -कोलही सम्मको बाटोको चौडाइ ३० मिटर कायम गर्ने विषयमा लमही नगरपालिकाको अगुवाईमा सर्वदलिय छलफल भएको समेत विज्ञप्तिमा उल्लेख गरियको छ ।
बाटोको मापदण्ड मुताबिक चौडाइ कायम गरिदा निसन्देह बर्तमानको परिस्थितिमा केही तल माथी पर्न सक्ने तर सो कुरालाई केन्द्रमै राखेर यस्तो महत्वपुर्ण आयोजनालाई प्रभावित नपार्न समेत सरोकारवालालाई आग्रह गरिएको छ ।
“बाटो चौडाइ गर्ने क्रममा सम्पुर्ण घर जग्गा बाटोमा परि पुर्ण रुपले बिस्थापित हुनुहुने घरपरिवारको पहिचानगरि विशिष्ट तरिकाको मुवाब्जा उपलब्ध गराइ ती परिवारहरुको सुरक्षाको प्रत्याभूती गराउने जिम्मा राज्यको भएकोले नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले सरकारको समेत गंभिर ध्यानाकर्षण गराउँदछ” बिज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*