Home / Feature Breaking news / स्वास्थ्य जाँच्न जेष्ठ नागरिककाे घरघरमा पुगे वडा अध्यक्ष पाण्डेय

स्वास्थ्य जाँच्न जेष्ठ नागरिककाे घरघरमा पुगे वडा अध्यक्ष पाण्डेय

घाेराही, १६ पुस
घाेराही उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिकहरूकाे घरमै पुगेर स्वास्थ्य सेवा दिएकाे छ । वडा अध्यक्ष रमेशकुमार पाण्डेकमे नेतृत्वमा स्वास्थ्यकर्मीहरू जेष्ठ नागरिकहरूकाे घरघरमा पुगेर स्वास्थ्य जाँच गरेका छन् ।
वडाकाे रतनपुर क्षेत्रमा टाेलहरूमा पुगेर मंगलवार स्वास्थ्य जाँच गरिएकाे छ ।
जेष्ठ नागरिकहरूमा स्वास प्रश्वास, दम, दुखाई, ग्याँस्टिक जस्ता समस्याकाे उपचार गरिएकाे थियाे ।
उपचारमा शहरी स्वास्थ्य केन्द्रका ईञ्चार्ज हिरन्यराज शर्मा र संस्थागत परिवार नियाेजन केज्द्रका इञ्चार्ज राधा पाैडेल लगायतकाे टाेलीले जेष्ठ नागरिकहरूकाे स्वास्थ्य जाँच गर्नुभएकाे थियाे ।

४० जना जेष्ठ नागरिकहरूकाे स्वास्थ्य जाँच गरिएकाे वडा अध्यक्ष पाण्डेयले जानकारी दिनुभयाे ।

मंगलवार दिवा सेवा केन्द्रमा अाएका २० जना जेष्ठ नागरिककाे पनि स्वास्थ्य जनँच गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*