Home / Feature Breaking news / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुस,१५ दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नंं. ५ का लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ९ गते गर्न थालेको निर्वाचनको तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मंगलबार जिल्ला निर्वाचन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संयुक्त रुपमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन ।

निर्वाचनका लागि प्रदेश नं ५ मा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरि ३ सय ५ जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेश नं. ५ मा तीन सदस्यका लागि निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि २ वटा मतदान केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

निर्वाचनका लागि पुस १७ गते मतदाताहरुको नामावली प्रकाशन गरी सोही दिन अपरान्ह ४ बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ । पुस १८ र १९ गते मतदाता उपर परेको उजुरी छानबीन गरी अन्तिम नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयन दर्ता गरेको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवार उपर उजुरी दिने समय तोकिएको छ । २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, २३ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारले नामावली फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसै गरि २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*