Home / Feature Breaking news / धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट

धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट

दाङ,१५ पुस । घोराही उपमहानगरपालिका वड नं. ५ को धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट गरिएको छ । वडा नं. ५ को धारापानी टोल विकास सस्थालाई मदिरा निषेधित टोल निर्माणका लागि टोलका विभिन्न बस्तीहरुबाट संकलित उक्त मदिरा नष्ट गरिएको हो ।

अस्थायी प्रहरी चौकी धारपानीको सहयोगमा टोल विकास सस्थाले सस्थाको निर्णय विपरित घरेलु मदिरा बिक्रि गरेको पाइएपछि नियन्त्रणमा लिएर नष्ट गरेको धारपानी टोल विकास सस्थाका अध्यक्ष हुमाकुमारी घर्तिमगरले जानकारी दिएकी छिन । टोल विकास सस्थाका अध्यक्ष घर्तिका अनुसार मदिरा जन्य पदार्थ एक ५० लिटर र तयारी अवस्थामा राखिएको रक्सी १५ लिटर नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाल, वडा सचिव लक्ष्मण अधिकारी, स्थायी प्रहरी पोष्ट धर्नाका इन्चार्ज रामकुमार रोका, पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्य, धारपानी टोल विकास सस्थाका अध्यक्ष हुमा घर्तिमगर, मदिरा नियन्त्रण समितिका अध्यक्ष लोकबहादुर विश्वकर्मालगायतको उपस्थीतिमा नियन्त्रणमा लिएको घरेलु मदिरा नष्ट गरिएको हो । अहिले धारपानी टोलबाट सुरु भएको मदिरा नियन्त्रण अभियानलाई वडाभरी नै सञ्चालन गरिने वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*