Home / Feature Breaking news / बाह्रकुनेबाट दाङमा पर्यटन बर्षकाे उद्घाटन हुने

बाह्रकुनेबाट दाङमा पर्यटन बर्षकाे उद्घाटन हुने

घाेराही, १५ पुस
पर्यटन बर्ष सन् 2020 काे उद्घाटन दाङमा पनि भव्य रूपमा गरिने भएकाे छ । जिल्ला पर्यटन प्रवर्द्धन समिति दाङकाे अायाेजनामा वुधवार पर्यटन बर्षकाे उद्घाटन गरिदै छ ।

घाेराही उपमहानगरपालिका १३ मा रहेकाे धार्मीक एवं पर्यटकिय स्थल बाह्रकुने मन्दिर परिसरमा अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि पर्यटन बर्षकाे उद्घाटन गर्न लागिएकाे र कार्यक्रमकाे तयारी पूरा भएकाे पर्यटन समितिले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

पर्यटन वर्षकालागी “पर्यटनकाे विकास हाम्राे चाहना, दाङकाे समृद्धि हाम्राे कामना” भन्ने मूल नारा तय गरिएकाे छ ।

दाङमा भ्रमण बर्षकाे पाँच नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तिले गर्ने पर्यटन समितिका संयाेजक जितेन्द्रमान नेपालीले जानकारी दिनुभयाे ।

उद्घाटन कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्न प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यहरूकाे उपस्थिति रहने छ ।

कार्यक्रममा जिल्लाका दस वटै स्थानीय तहबाट झाँकी जुलुश सहित अाठ हजार जनाकाे सहभागीता रहने अायाेजकले जानकारी दिएकाे छ ।

पत्रकार सम्मेलनमा सुदीप गाैतमले पर्यटन वर्षमा हुने कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।

पर्यटन बर्षकाे उद्घाटन कार्यक्रममा मगर समुदायकाे भुम्या नाच, मँयुर नाच, पैसेरू नाच, दलित परिवार संघबाट पञ्चेबाजा, नेवार समुदायकाे पञ्चकन्यासहितकाे र्याली, मावि चाैघेराकाे स्तुतिसहितकाे र्याली, थारू समुदायकाे मघाैटा नाच, छाेक्रा नाच, देउखुरी गढवाकाे अवधि नाच रहने जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्माले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*