Home / समाचार / कांग्रेस दाङले ४४ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाउने

कांग्रेस दाङले ४४ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाउने

दाङ,१४ पुस । नेपाली कांग्रेस दाङले ४४औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले यहि पुसको १६ गते जिल्ला पार्टी कार्यालय घोराहीमा विहान ११ बजे कार्यक्रम गर्न थालेको नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन ।

सचिव डाँगीले उक्त कार्यक्रममा उपस्थीतिका लागि सवैमा आग्रह गरेका छन । सचिव डाँगीले सोमबार एक प्रेस विज्ञप्ति जारी गरि उक्त कार्यक्रममा उपस्थीतिका लागि वर्तमान एवम पूर्व सांसद, जिल्ला कार्यसमिति, पूर्व जिल्ला सभापति एवम पदाधिकारीज्युहरु, बर्तमान एवम पूर्व महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय कार्यसमिति सदस्यहरु, वर्तमान एवम पूर्व जनप्रतिनिधिज्युहरु, जिल्लाका तीन वटे नगर, गाउँपालिका र वडा कार्यसमिति, नेपाली काग्रेस पार्टीका भातृ सघसंस्थाहरु, शुभेच्छुक संस्थालगायत सबैमा अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*