Home / Feature Breaking news / बाढिबारे पूर्व सुचना प्रणालीबारे अभिमुखीकरण

बाढिबारे पूर्व सुचना प्रणालीबारे अभिमुखीकरण

देविराम कुसारी
तुलसीपुर, १३ पुस

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे अायाेजनामा निजि क्षेत्र निकायकाे लागि बाढि पुर्व सुचना प्रणालि सम्वन्धि अभिमुखिकरण कार्यक्रम अाइतवार अाज तुलसीपुरमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा बाढी अाउनु भन्दा पहिला कसरी सुचना प्राप्त गर्ने, सुचना अनुसार कसरी तयारी अवस्थामा रहने र सुरक्षित कसरी हुने भन्ने वारेमा प्रशिक्षक सन्ताेष ढकालले जानकारी गराउनु भएकाे थियाे ।

जिल्ला सभापति नारायण शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाढि वाट हुने क्षेतिलाई कसरी कम गर्न सकिन्छ र त्यसमा निजि क्षेत्रकाे कस्ताे भुमिका हुन्छ भन्ने वारेमा छलफल गरिएकाे थियाे ।

कार्यक्रममा तुलसीपुर उप महानगरपालिका, दंगिशरण, बंबई, शान्तिनगर गाउपालिकाका नेजि क्षेत्रका करिब ३० जनाकाे सहभागिता रहेकाे थियाे ।
यु यश य अाइ डि काे सहयाेग तथा प्र्यक्टिकल एक्सनकाे साझेदारीमा सञ्चालित विपद पुर्व तयारी तथा कार्यक्रम अन्तरगत भएकाे कार्यक्रमकाे सहजिकरण परियाेना अधिकृत डम्मर सुनार, संयाेजक सन्ताेष ढकाल लगाएत रहनुभएकाे परियाेजनाका राममाेति चाैधरीले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*