Home / Feature Breaking news / दाङका दुई स्थानमा दुर्घटना, २३ जना घाइते

दाङका दुई स्थानमा दुर्घटना, २३ जना घाइते

दाङ,२३ पुस । बुधवार दाङका भएका दुई दुर्घटनामा २३ जना घाइते भएका छन । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो । रा १ ख १४८९ नम्वरको बस बुधवार दिउँसो घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ मसोट खोलाको ओरालोमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले जानकारी दिएका छन ।

उनका अनुसार दुर्घटनामा २३ जना यात्रुहरु घाइते छन । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३२ जना यात्रुहरु रहेको भएपनि अरुको अवस्था सामन्य रहेको सूचना अधिकारी जिसीले बताए । दुर्घटनामा लमही नगरपालिका २ बस्ने ६५ बर्षीय महंगी चौधरी, गढवा गाउँपालिका–४ निवासी बिष्णु खनाल, प्यठान स्वर्गद्धारी नगरपालिका ९ निवासी २१ बषीर्या राधिका नेपालीलगायतका घाइते भएको जिसीले जानकारी दिएका छन ।
त्यसै गरि बुधवार विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरीमा कार दुर्घटना भएको छ । विपरित दिशाबाट आउँदै गरेका दुई वटा कार देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ दोलाई खोलाको पुस नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । बा १८ च १६२६ नम्वरको कार र अर्काे यूपी २ ९२९१ नम्वरको इण्डीयन नम्वरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा सामन्य घाइते भएपनि मानवीय क्षेती नभएको सूचना अधिकारी जिसीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*