Home / Feature Breaking news / घोराहीमा बेवारिसे शव फेला

घोराहीमा बेवारिसे शव फेला

दाङ,९ पुस । दाङमा एक जनाको बेवारिसे शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं.१८ मसिना स्थित कुलो (नहर) मा अन्दाजी ४०–४५ वर्षको एक जना पुरुष व्यक्ति शव पेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पानीमा डुवेको अवस्थामा प्रहरीले उक्त शव फेला पारेको जनाएको छ । मृत अवस्थामा फेला परेको उक्त शवको अझै पहिचान नभएको प्रहरीले जनाएको छ । गहुँगोरो अनुसार, अन्दाजी पाँच फिट ६ इन्च उचाई, जिन्सको पाइन्ट र खैरो रंङको टि–सर्टलगायतको उक्त पुरुषको शव घोराहीमा रहेको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*