Home / Feature Breaking news / सरकार छाड्ने समाजवादी पार्टीको निर्णय
Upendra Yadav

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*