Home / खेलकुद / कचिलीले चुम्यो प्रथम वडा अध्यक्ष कप को उपाधी

कचिलीले चुम्यो प्रथम वडा अध्यक्ष कप को उपाधी

लक्ष्मण बस्नेत
पुस ७ हरिपौरि दाङ ।

तुलसिपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी कचिली ले चुमेको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा न१२ को सयोजन
आयोजनामा पशुपती मा.बि हरिपौरा संचालित प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा क्वाङी बि लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले स्तब्ध पार्दै कचिली ले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ३० हजार, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित क्वाङी भने उपबिजेता मा चित्त बुझाउदै नगद १५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो !त्यस्तै कचिला बि तृतिय भयो ।

उसले नगद ५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो !
उल्लेख्य दर्शक का बिच भएको शानदार अनि रोमाञ्चक खेलको पहिलो हाफ को १८ औ मिनेटमा कचिली का प्रकाश बुढामगर ले सुरुवाती गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए । त्यस्तै पहिलो हाफ को ३४ मिनेटमा मनराज बाठा ले थप एक गोल गर्न सफल भए ! ३ दिन सम्म संचालित प्रतियोगितामा वडा भित्रका ८ टिमको सहभागिता रहेको थियो भने खेल नकाउट आधारमा खेलाइएको आयोजक क्लबका जोएल गिरि ले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री देव नारायण दहाल,खुम वलि र सुरेन्द्र चौधरी रहनु भएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह सह आयोजक शान्ती टोल बिकास सस्थाका कौशिक जिएम को अध्यक्षता तथा तुलसिपुर वडा न १२ का अध्यक्ष तथा तुलसिपुर उपमहानगरपालिका प्रबक्ता सुर्य बहादुर डागी ( श्याम) को प्रमुख आतिथ्य एवं नेकपा का तुलसिपुर नगर अध्यक्ष खुसी राम चौधरी को बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने कचिली का मनराज बाठा बेस्टप्लेयर खेलाडी, क्वाङिका दिनेश चौधरी बेस्ट डिफेन्स,कचिलिका नारायण बाठा बेस्ट गोल किप्पर र राईजिङ प्लेयर कचिला का प्रदेश चौधरी लाई घोषित गरिएको थियो ।

कार्यक्रम को संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*