Home / Feature Breaking news / नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षको दौडमा लालमणि भण्डारी

नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षको दौडमा लालमणि भण्डारी

दाङ,५ पुस । नेतृत्व विकासको एउटा विश्व विद्यालय हो, नेपाल जेसीज । १८ बर्षदेखि ४० बर्षसम्मका हजारौँ युवाहरुको साझा स्थान पनि हो । त्यही साझा थलोबाट नेपाल जेसीजले नयाँ नेतृत्व प्राप्त गर्दै छ । पुस ९ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा हुन थालेको नेपाल जेसीजको ४६ औँ महाधिवेशनले सन् २०२० का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

त्रिभुवननगर जेसीजलाई कुशलतापुर्वक नेतृत्व गरेका लालमणी भण्डारी नेपाल जेसीजको ४६ औँ महाधिवेसनमार्फत सन् २०२० को कार्यकारिणी उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन । त्यसका लागि अहिले प्रचारप्रसारमा समेत व्यस्त रहेका छन । व्यक्तित्व विकास गर्दै सामाजिक रुपान्तरणका लागि एक दशक पहिले जेसीजमा प्रवेश गरेका घोराही निवासी भण्डारी सन् २०१८ त्रिभुवननगर जेसीजको अध्यक्ष भएर नेतृत्व गरेका थिए ।

व्यवसायीक क्षेत्रमा चिरपरिचित भण्डारी दाङमा रहेका हजारौँ युवाहरुको भिडबाट एउटा नेतृत्वमा पुगेर नेपाल जेसीजको केन्द्रमा पुग्ने कम युवाहरु मध्य एक हुन । त्रिभुवननगर जेसीजको सदस्यदेखि अध्यक्ष हुँदासम्म भण्डारीले उदाहरणीय मात्र बनेका छैनन्, अहिलेका युवाहरुको लागि ती कार्यहरु प्रेरणाका स्रोत र सिक्ने अवसरको रुपमा निर्माण भएका छन् ।

भण्डारीकै नेतृत्वमा सन् २०१८ मा नेपाल जेसीजको एरिया डी सम्मेलन दाङ भएको थियो । सो कार्यक्रम नेपाल जेसीजले उत्कृष्ट सम्मेलनको रुपमा मुल्यांकन गरेको भण्डारी बताउँछन । भण्डारीले आफनो कार्यकालमा ठुला साना धेरै प्रकारका कार्यक्रमहरु सम्पन्न गरेका छन । उनकै कार्यकालमा खेलकुदको क्षेत्रमा जेसीज हाफ म्याराथुन र राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत जिल्लामा भएको थियो ।
त्यस्तै भण्डारीकै नेतृत्वमा रहेको जेसीजले घोराही उपमहानगरपालिका वडा न १३ मा रहेका मौलाकोटलाई जेसीज ग्रामको रुपमा विकास गर्ने र त्यसलाई परियोजनाकै रुपमा अगाडी बढेको हो । अहिले मौलाकोट सवैको चर्चाको विषय बन्ने गरेको छ । । त्यस्तै त्रिभुवन नगर जेसीजले जिल्लामै अत्याधुनिक पुस्तकाय तथा वाचनालय स्थपना गरेको छ । जसको अधिकांश निर्माणको कार्य आफनै पालामा भएको उनी बताउँछन ।

भण्डारीले आफु त्रिभुवन नगर जेसीजको अध्यक्ष हुँदा दाङसँगै छिमेकी जिल्ला सल्यानमा समेत सल्यान जेसीजको स्थापना गरेका थिए । एक वर्षको कार्यकालमा युवाहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि र थुर्पै सामाजिक कार्यक्रमले जेसीजलाई समाजमा काम गर्ने निकायको रुपमा स्थापित गरेको भण्डारी बताउँछन ।

सन् २०१९ मा उपाध्यक्षको भूमिकाबाट आफ्नो जिम्मेवारीमा रहेका शाखाहरुको विकासका लागि ठुलो भुमिका खेलेका भण्डारीले अब आगामी वर्षका लागि कार्यकारिणी उपाध्यक्षको रुपमा आफुलाई अगाडी सारेका छन ।

भण्डारीले एक वर्षको अवधिमा जेसीजमा आवद्ध युवाहरुको विकासका लागि महत्वपूर्ण काम गरेका छन । नेपाल जेसीजमा महत्वपूर्ण योगदान पु¥याएका भण्डारी नोभेम्बर महिनामा नेशनल अफिसर अफ द मन्थलगायत विभिन्न पुरस्कार, सम्मान र अवार्डबाट समेत सम्मानित भैसकेका छन ।

नेतृत्वमा पुगेर मात्रै धेरै काम गर्नै सकिने भएकाले भण्डारीले आफुलाई नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा पु¥याउन सम्बन्धीत सबै जेसीज युवा साथीहरुलाई अपिल समेत गरेका छन ।
बुवा उमाकान्त भण्डारी र आमा पीमा भण्डारीको कोखबाट माईलो छोराको रुपमा जन्मिएका भण्डारी दाङका सफल व्यवसायी हुन । हार्डवयर व्यवसायीका क्षेत्रमा आफ्नो छुट्टै पहिचान समेत बनाएका उनी जेसीजसँगै रोटरी, हार्डवयर व्यवसायी समिति, रेडक्रश, बराह क्षेत्र धार्मिक संरक्षण समितिलगायतका सामाजिक संघसस्थाहरुमा आवद्ध रहेर उदाहरणीय काम गर्दै आएका छन ।

जेसीजमा आवद्ध भएर सिक्दै सिकाउदै नेतृत्वमा पुग्न सफल भण्डारीले सन् २०२० को लागि कार्यकारीणी उपाध्यक्षको रुपमा आफुलाई जिताउन सबैलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*