Home / Feature Breaking news / नेपालीको परिवारलाई सात लाख बढि सहयोग

नेपालीको परिवारलाई सात लाख बढि सहयोग

दाङ,२ पुस । बैदेशीक रोजगारीको सिलसिलामा मलेसीयामा निधन भएका तुलसीपुर–१५ दक्षिण कुरहरीया निवासी २७ बर्षीय स्वर्गीय अनिल नेपालीको परिवारलाई ७ लाख बढि रुपैया आर्थिक सहयोग गरिएको छ ।

परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारको रोहबरमा मलेसियामा संकलन गरिएको सात लाख ३४ हजार ९ सय ७१ रुपैयाँ मृतकका बुबा ज्ञानबहादुर दमाई र बहिनी सुजीता नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममां नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सबिन प्रियासन, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, पाण्डवेश्वरी यातयायत प्रालिका अध्यक्ष सरोज शाह, परीयार सेवा समाज दाङका सल्लाहकारद्धय चुर्ण परियार, कमल परियार, मृतकका वुवा ज्ञान बहादुर दमाईलगायतले मृतकका परिवारलाई गरिएको सहयोग महत्वपुण भएको भन्दै प्रसंसा गरेका थिए ।

उक्त रकम जि.एस. समाज सेवा युवा क्लव बातु पाहात मलेसियाको सक्रियातामा परियार युवा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघर्षसमितिको संयोजनमा संकलन गरी परियार सेवा समाज मार्फत दाङ जिल्लामा हस्तान्तरण गरिएको हो । मलेसीयाको सुङलिंग कम्पनिमा कार्यरत परियारको गएको असोज २८ गते एपेन्डिसाईटिस्को अप्रेसनका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*