Home / Uncategorized / पत्रकार महासंघ वरपर पाँच वर्षका लागि फ्रि वाईफाई

पत्रकार महासंघ वरपर पाँच वर्षका लागि फ्रि वाईफाई

घोराही,१ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको छ ।

पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वलीले जानकारी दिएका छन । यो सेवा अन्तगर्त एक दिनमा एउटा मोबाइलमा तीन घण्टासम्म फ्रि वाईफाई सेवा लिन सकिनेछ । वर्डलिंक कम्युनिकेशन घोराहीका प्रमुख आकाश सापकोटा र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनबीच फ्रि वाईफाईको विषयमा सहमति भएको हो ।

यस अगाडी पनि वर्डलिंकले पत्रकार महासंघलाई दुईवर्ष बढि फ्रि वाईफाई सेवा उपलव्ध गराएको थियो । यसैबीच महासंघमा फ्रि वाईफाईको व्यवस्था गर्नका लागि भूमिका खेल्ने वर्डलिंक घोराहीका प्रमुख आकाश सापकोटा र वर्डलिंक परिवारप्रति पत्रकार महासंघले धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*