Home / Feature Breaking news / पत्रकार महासंघको २७ औँ स्थापना दिवसमा १८ जनाद्धारा रक्तदान

पत्रकार महासंघको २७ औँ स्थापना दिवसमा १८ जनाद्धारा रक्तदान

दाङ,१पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसका अबसरमा मंगलवार घोराहीमा रक्तदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १८ जना पत्रकारहरुले रक्तदान गरेका छन् ।

kamal

रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र वली, पूर्व उपाध्यक्ष लक्ष्मी आचार्य, गणेश वली, लिलाधर वली, कमल वली, जनक नेपाली, देवी भण्डारी, लोकराज साधक, जंग रेउले, विवेक खड्का, संगीता चौधरी, नविन अभिलाषी, यमकला भुसाल, छवि पुरी, प्रकाश चौधरी, खड्ग शर्मा र पिताम्वर रिजालले गरेका थिए ।

khadga

नेपाल पत्रकार महासंघको आयोजना तथा रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित घोराही रक्त सञ्चार केन्द्रका प्राविधिकहरु इच्छा वुढा, गोविचन्द्र चौधरी, दिलिप चौधरी र यसोधा थापालगायले व्लड संकलन गरेका थिए ।

oli

महासंघले स्थापना दिवसको दोश्रो दिन भोली बुधवार देउखुरीको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । खेल जनप्रतिनिधि र पत्रकारहरुका विच हुने भएको नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*