Home / Feature Breaking news / परिवार नियोजनमा मातृत्व सेवा केन्द्रको शिलन्यास

परिवार नियोजनमा मातृत्व सेवा केन्द्रको शिलन्यास

दाङ,३० मंसिर । प्रजनन् स्वास्थ्य सेवालाई एकै थलोबाट प्रदान गर्ने उद्देश्यले एक करोडको लगानीमा नेपाल परिवार नियोजन संघ घोराहीमा सुरक्षित मातृत्व सेवा केन्द्रको भवन बन्ने भएको छ । परिवार नियोजन संघले सेवालाई थप प्रभावकारी एव गुणस्तरिय बनाउनकालागि भवन निर्माण गर्न थालेको हो । जापानी राजदुतावासको १ करोड आर्थिक सहयोगमा भवन बन्न थालेको नेपाल परिवार नियोजन दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन ।

१० कोठे सुविधा सम्पन्न भवन निर्माण भएपछि प्रजनन् स्वास्थ्यलाई व्यवस्थित गर्न सहयोग पुग्ने शाखा प्रबन्धक खनालले बताए । नेपाल परिवार नियोजनाले यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । एक करोड बजेट मध्य ८० लाख रुपैयाँ भवन निर्माणमा खर्च हुने र बाँकी २० लाख रुपैयाँबाट प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक इक्युमेन्टहरु किन्ने बताए । जसबाट अल्ट्रासाण्ड मेसिन,पाठेघर सेक्ने मेसिनलगायतका प्रजनन् स्वास्थ्यसँग सम्वन्धी औजारहरु किनिने शाखा प्रवन्धक खनालले बताएका छन ।

नेपाल परिवार नियोजन दाङ शाखा अध्यक्ष तीर्थराज सन्तोषीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा ससदस्य अनिता देवकोटाले मातृत्व सेवा केन्द्रको शिलान्यास गरेकी थिइन । भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि देवकोटाले स्वस्थ र समुन्त समाज निर्माणका लागि परिवार नियोजनले उल्लेख्य सेवा पु¥याएको बताएकी थिइन । समुन्त समाज निर्माणमा जन्म, मृत्यु, बसाईसराईले प्रभाव पार्ने भन्दै जनंख्यालाई व्यवस्थीत गर्न परिवार नियोजनको अग्रनी भुमिका रहेको सांसद देवकोटाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*