Home / समाचार / धारापानी मन्दिर परिसरमा सरसफाई

धारापानी मन्दिर परिसरमा सरसफाई

दाङ,२९ मंसिर । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारपानीमा सरसफाई गरिएको छ ।

नेपाल भ्रमण बर्ष नजिकिदै गर्दा मन्दिरलाई सफा र स्वच्छ बनाई राख्ने उद्देश्यले घोराही उपमहानगरपालिका वडा ं. ५ मा रहेको धारापानी टोल विकास सस्थाले मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

टोल विकास सस्थालगायतका विभिन्न संघसस्थाका ९० जनाको उपस्थीतिमा मन्दिर परिसर सफाई गरिएको हो । धारपानी टोल विकास सस्थाका अध्यक्ष हुमा घर्तिको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम गरिएको थियो ।

सरसफाई कार्यक्रमका सहभागीहरुलाई पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले टोलवासीलाई धन्यावाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*