Home / समाचार / सरस्वती मावि काठेकोहलको अध्यक्षमा श्रेष्ठ

सरस्वती मावि काठेकोहलको अध्यक्षमा श्रेष्ठ

दाङ,२९ मंसिर । सरस्वती माध्यामिक विद्यालय घोराही उपमहानगरपालिका–१५ काठेकोहलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवेक श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन ।

आईतवार विद्यालयमा भएको अभिभावक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा सुुदीप गौतम, तिलक रावत, विष्णु कालाथोकी, सुलोचन प्रधान र पुुष्पा पाण्डे रहेका छन ।

अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिप्रकाश पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका प्रमुुख भरत अर्यालको प्रमुुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*