Home / Feature Breaking news / बारको अध्यक्षमा घिमिरे बिजयी

बारको अध्यक्षमा घिमिरे बिजयी

दाङ २८ मंसिर । नेपाल बार एशोसियशन जिल्ला बार इकाई दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेस र नेकपा दुवै दलले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचनमा १ सय २० मत खसेकोमा बिजयी घिमिरेले ६२ मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्दी ऋषिराज न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । त्यसैगरेर उपाध्यक्षमा घिमिरे प्यानलका मणिराज आचार्य निर्वाचित भएका छन् । उनले न्यौपाने प्यानलका ठाकुरप्रसाद वलीलाई एक मतले पराजित गरेर उपाध्यक्षा निर्वाचित भएका हुन । बिजयी आचार्यले ६० मत प्राप्त गरेका थिए भने पराजित वलीले ५९मत प्राप्त गरेका थिए ।

त्यसैगरेर सचिवमा न्यौपाने प्यानलका सञ्जय कुमार केसी निर्वाचित भएका छन् । उनले घिमिरे समुहका नारायणप्रसाद डाँगीलाई २१ मतले हराएका हुन् । केसीले ७० मत ल्याएका छन भने डाँगीले ४९ मत प्राप्त गरेकोका निर्वाचन अधिकृत रेशमराज गिरीले जानकारी दिएका छन । कोषाध्यक्षमा न्यौपाने प्यानलका ठाकुरप्रसाद गिरी निर्वाचित भएका छन् । उनले घिमिरे प्यानलका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका थिए । गिरीले ६४ मत प्राप्त गरेका थिए भने वलीले ५१ मत प्राप्त गरेका थिए ।

त्यसैगरेर सदस्यमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वाचित भएका छन् । त्यसैगरेर केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, रिकण पौडेल, अर्जुन कुमार अधिकारी र गोपाल गिरी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*